चितवन, फागुन १६-
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म १८ दल दर्ता भएका छन् ।
फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको दलहरुको नामाबली अनुसार फागुन १० गते नेपाल मजदूर किसान पार्टीको रुपमा दर्ता भएको थियो भने आज मंगलबार दर्ताको अन्तिम दिन जय जन्मभूमि पार्टी नेपाल दर्ता भएको छ । सूदुरपश्चिमा राम्रो जनमत ल्याएको जेलमा रहेका नेता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि चितवन–२ मा ११ नम्बरमा दर्ता भएको छ ।