मेस्सी उत्कृष्ट फिफा वर्ष खेलाडी : उत्कृष्ट पुरुष गोलकिपर बने अर्जेन्टिनाका मार्टिनेज

काठमाण्डाै – अर्जेन्टिनाका कप्तान एवम् पेरिस सेन्ट जर्मेइन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सन् २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको थियो । मेस्सीले सन् २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

पेरिसमा भएको अवार्ड घोषणा समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्व कपको उपाधि दिलाएका लियोनल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए । बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्।

इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले यो अवार्ड जितेकी छन् । फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार