कोरोना विरुद्धको खोपको परिक्षणको थलो बन्यो राप्ती, २ हजार दिदै सोझा चेपाङ्गको ज्यान लिदै सोलिड नेपाल

पुर्ण बहादुर मगर
राप्ती । गएको माघ २८ गते राप्ती नगरपालिका वडा नं १० का कविराज प्रजालाइ दिउसोको समयमा एक्कासी श्वासप्रश्वासमा समस्या भयो । उनि गएको पुस महिना देखि विमार रहदै आएका थिए । श्वास फेर्न गाह्रो भएका प्रजाको उपचार गर्न लैजाने तयारी गर्दा गदै मृत्यु भयो । २८ गते मृतक श्रीमानको लास कुरेर २८ बर्षकी शान्ती प्रजा रातभर जागराम बसीन । राती १२ बजे उनका जेठा छोरा छोरी काठमाडौ बाट आएपछि मात्र उनलाइ मृत्यु भएका श्रीमानको दाहसस्कार गर्ने मेसो मिल्यो । माघ २९ पछि मात्र आफ्ना केहि आफन्त आएर उनको दाहसस्कार गर्ने तयारी भयो ।
मृत्यु भएका कविराज प्रजा सोलिड नेपाल भन्ने गैर सरकारी संस्थाको लक्षित व्यक्ति हुन । उनि सो सस्थाले परिक्षणको लागी भन्दै अहिले कोरोनाको खोप लगाउदै आएको छ । सो खोपको प्रयोग कर्ता हुन । परिक्षणको लागी लगाइएको खोपको कारण प्रजालाइ समस्या देखा पर्यो । सम्झौतामा भएअनुसार सामाजिक परिचालकले प्रजाको सहि रिपोटिङ्ग गरेनन अनि पुष महिना देखि विमार परेका प्रजाले अन्तत माघको २८ गते ज्यान गुमाउनु पर्यो ।
ठेक्कापट्टाको काम गदै आएका प्रजालाइ कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने भयो । उनि घरमा आएर श्रीमती शान्तीलाइ समेत खोप लगाउन सुझाव दिए । भण्डारा अस्पतालमा प्रति व्यक्ति २ हजारको दरले खोप लगाइदैछ ,भन्ने सुनेपछि विपन्न प्रजा परिवार लोभिए अनि बुझ्दै नबुझी खोप लगाउन गए । जानआउने यातायातको व्यवस्था , खोप लगाउन जादा मासु भात पनि खान दिने , खोप लगाएपछि २ हजार पनि दिने भनेपछि शान्ती र उनका मृतक श्रीमान मात्र होइन अरु पनि भण्डारा अस्पतालमा आए । खोप लगाए र गए । ३ पटक लगाएका उनिहरुले एक पटकको २ हजार गरी ६ हजार रुपैया नगद , ३ छाक मासु भातमा आफ्नो ज्याननै बाजि गुमाउनु पर्यो ।
प्रजाको मृत्युपछि स्थानिय सहजकर्ता प्रजाको घरमा पुगे । कत्ति पनि दयामाया नदेखाइ प्रजाले परिक्षणको लागी सिफारिस गरेको खोप लगाउदाको कागजपत्र खोजतलास गरे । मृत्यु भएका प्रजालाइ यता उता फर्काइ फोटो खिचेर अनि फर्किए । मृतककी श्रीमती बेहोस थिइन । उनी पनि प्रयोगकर्ता हुन । उनलाइ सोलिड नेपालको यो व्यवहार कत्ति पनि चित्त बुझेको छैन । तर पनि उनका लागी बोलिदिने कोहि रहेनन । जसोतसो उनले आफ्नो श्रीमानको काजकिरिया सकाएकि छिन । अहिले शान्तीको टाउकोमा ८ सन्तान र बुढो ससुराको जिम्मेवारी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार