भरतपुर धेरै बजेट खर्च गर्ने स्थानीय तह मध्येमा नेपालकै तेस्रो, वार्षिक तीन अर्ब बढी खर्च

चितवन, फागुन १५-

भरतपुर महानगरपालिका नेपालका स्थानीय तहहरुमध्ये वार्षिकरुपमा सबैभन्दा धेरै बजेट खर्च गर्ने स्थानीय तह बनेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांक अनुसार देशभरका स्थानीय तहहरुमध्ये भरतपुर धेरै खर्च गर्ने मध्ये तेस्रो स्थानमा रहेको हो ।

आर्थिक वर्ष २०७८\७९ मा भरतपुर महानगरपालिकाले वार्षिक तीन अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको छ । पहिलो स्थानमा रहेको काठमाडौँले सात अर्ब ३० करोड रुपैयाँ र पोखरा महानगरपालिकाले चार अर्ब १६ करोड खर्च गरेका छन् । खर्चमा ललितपुर, विराटनगर र विरगञ्ज महानगरपालिका भरतपुर भन्दा पछाडि रहेका छन् । भरतपुरको जम्मा बजेट ५ अर्ब ५५ करोड रहेकोमा तीन अर्ब ४१ करोड खर्च गरेको हो । भरतपुर महानगरले पुँजीगत खर्च भने एक अर्ब ६० करोड गरेको छ जुन जम्मा २८.८२ प्रतिशत मात्र हुन आउँछ । यसरी भरतपुर महानगरपालिकाको अधिकांश खर्च प्रशासनिक काम विशेष त कर्मचारीको तलब र भत्तामा मात्र खर्च भएको देखिन्छ ।

स्थानीय तहले मुख्यतया दुई शीर्षकमा यस्तो रकम खर्च गरेका हुन्छन् । जसमा प्रशासनिक खर्चमा बढी केन्द्रित हुने चालु खर्च र विकासको काममा बढी केन्द्रित हुने पुँजीगत खर्च पर्छन् । उनीहरूले बजेटमा ४४ प्रतिशत पुँजीगतका लागि र ५६ प्रतिशत चालु खर्चका लागि रकम छुट्याउँछन् । तर, खर्च गर्दा भने चालुमा ६१ प्रतिशत र पुँजीगतमा ३९ प्रतिशत खर्चमा केन्द्रित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार