काठमाण्डाै उपत्यकामा एकै दिन ३ हजार १ सय ४८ जना चालक कारबाहीमा

काठमाण्डाै – ट्राफिक प्रहरीले एकै दिन काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ जना चालकलाई कारबाही गरेको छ ।

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार चलाएको विशेष कारबाहीमा काठमाण्डाै, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार जनाभन्दा धेरै चालकलाई कारबाही गरेको हो ।

कार्यालयले जाँड–रक्सी खाएर गाडी चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार