नयाँ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

spot_img

भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई हिजो बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ । सिसोदिया आम आदमी पार्टी (आप) का नेता हुन् । उनको गिरफ्तारीलाई आम आदमी पार्टीले तानाशाही भनेको छ ।

आपले भारतीय जनता पार्टी भाजपाले राजनीतिक प्रतिशोध साधेको आरोप  लगाएको छ ।  उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परे पछि नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सीबीआईको मुख्यालयभन्दा बाहिर र्यापिड एक्सन फोर्स तैनाथ गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार