वर्षापछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम, आज पनि मेघगर्जनसहित पानी पर्ने अनुमान

spot_img

काठमाण्डौ – पानी परेपछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ । लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । हिजोको वर्षाले भने धुलोमैला पखालेको छ । झण्डै पाँच महिनादेखि पानी नपर्दा काठमाण्डौ उपत्यकामा धुवाँधुलो र प्रदूषण बढेको थियो ।

हिजो दिउँसो काठमाण्डौसहित बाग्मती प्रदेशका केही ठाउँ र पोखरासहित गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको हो । आज पनि काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज हिजोको भन्दा कम र भोलि आजको भन्दा कम वर्षाको सम्भावना छ ।

यसपालि हिउँदयाम सकिनै लाग्दा हिउँदे वर्षा भएको हो । यसअघि पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा पानी पर्न सकेको थिएन । हिउँद सकिनै लाग्दा भएको वर्षाले केही राहत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार