इटलीमा डुङ्गा दुर्घटना हुँदा एक शिशुसहित ५९ जनाको ज्यान गयो, ३० जना बेपत्ता

इटलीको दक्षिणी क्यालाब्रिया क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक शिशु र बालबालिकासहित ५९ जनाको ज्यान गएको छ ।

समुद्री आँधीका कारण डुङ्गा दुर्घटना भएको र दुर्घटनामा ५९ जना आप्रवासीको ज्यान गएको हो ।

दुर्घटनामा ३० जना हराइरहेका त्यहाँको आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८० जनाको उद्धार गरिएको तटरक्षक बलले बताएका छन् ।

उद्धार गरिएका केहीको अवस्था गम्भीर छ । उद्धार गरिएका यात्रुले डुङ्गामा १ सय ५० जना रहेको बताए पनि डुङ्गामा झण्डै २ सय जना रहेका अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार