पोखरा अदालतले सफाइ दिए संगै भोलि पल शाह जेलमुक्त हुँदै छन् । उनि जेलमुक्त हुने खबरले उनका शुभचिन्तकहरु खुसि छन् । साथै पलशाहलाई सुख-दुखमा साथ दिने नायिका पूजा शर्माले भगवान लाई धन्यवाद दिएकी छिन् । फेसबुकमा स्टाटस लेख्दै पूजाले पलको सफाइमा भगवानप्रति आभार व्यक्त गरेकी हुन् ।
उनि लेख्छिन् : आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान !’, पलले सफाइ पाएको खबर बाहिरिएपछि पूजाले आफ्नो फेसबुकमा लेखेकी छिन् । पूजा र पलले ‘म यस्तो गीत गाउँछु’ र यस्को सिक्वेलमा सँगै काम गरेका छन् ।
पलको रिहाईले खुसी पूजा, भगवानलाई दिइन् धन्यवाद
