अर्घाखाँचीकाे शितगंगामा साेमवार सार्वजनिक बिदा

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकाले भाेलि साेमवार सार्वजनिक बिदा दिने भएको छ । ४१ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा भाेलि फागुन १५ गते नगरपालिकाले सार्वजनिक बिदा दिने भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयाे ।

नगरपालिकाले एक सूचना निकालेर भाेलि सार्वजनिक बिदाका दिन नगरभित्रका सार्वजनिक निकाय, सङ्घ–संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने जनाएकाे छ ।

भौगोलिक हिसाबले देशकै ठूलो नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार