राप्ती । राप्ती नगरपालिका भण्डारामा आखा उपचार केन्द्रले सेवा दिन सुरु गरेको छ । आइतवार वाट भण्डारा अस्पतालको प्रांगगढमा केन्द्र सुरु भएको नगर प्रमुख शमशेर लामाले बताए । लामाले पालिकामा आखा उपचार केन्द्र नभएको भन्दै तत्काल सेवा दिनको लागी व्यवस्थापन भएको बताए । आइतवार मात्रै ३ जनाले आखा परिक्षण गरेका थिए । वृद्ध फणिन्द्र पाठकले आखाको परिक्षण गरेर सेवा सुरु भएको हो । राप्ती नगरपालिका भरिनै पहिलो पटक आखा परिक्षण सुरु भएकोमा सेवाग्राही खुशि भए । अव विभिन्न समयमा हुने शिविर कुर्नु नपर्ने भन्दै आफ्नो समयमा आएर परिक्षण गर्न सकिने प्रमुख लामाले बताए । उपचारको लागी ५० रुपैयाको टिकट काट्नु पर्ने केन्द्रका नेत्र सहायक रोशन पौडेलले जानकारी गराए । उनका अनुसार सो टिकट १० दिन सम्म प्रयोग गर्न सकिनेछ । आखाको परिक्षण पछि आवश्यक उपचारको लागी नेत्र सहायकको सल्लाहमा भरतपुर रिफरको व्यवस्था रहेको बताए । अहिले १ जना नेत्र सहायक र तालिम प्राप्त कर्मचारी गरी २ जनाले सेवा दिइरहेका छन ।