राप्ती । राप्ती नगरपालिका वडा नं १२ मा अझैपनि बिजुली पुग्न सकेको छैन । अहिले पनि टुकि र सोलारको भरमा वडावासी जिवन चलाइरहेका छन । वडाले विजुली ल्याउनको लागी पहल धेरै गर्दा समेत असफल भएको हो । केहि समय अगाडी योजना आयोगका पुर्व उपाध्यक्ष विश्वनाथ पौडेल , टाडी विद्युत प्रमुख , राप्ती नगरपालिका मेयर शमशेर लामा, उप मेयर देवेन्द्र लामा लगायतका टोलिनै पुगेर परिक्षण गरिएका ट्रान्समिटर वाट बत्ति बालेका थिए । सोहि वेला निशुल्क बत्ति जडानको खुशिको खवर पाएका गाउलेहरु अहिले पनि आशमा रहेको वडाध्यक्ष अर्जुज प्रजाले बताए । वडाध्यक्ष प्रजाका अनुसार विजुली बत्ति बालेर देखाउने अभियानमा बारम्वार आक्रमण भएको बताए । उनी नगर प्रमुख लामा र उपप्रमुख लामाले यस बिषयमा चासो दिएर तत्काल काम अगाडी बढाउनुपर्ने बताए । सरकार परिवर्तनले पनि वडामा बत्ति समयमा नपुगेको बताए । केहि दिन अघि मात्र वडामा रहेका ३३ परिवारलाइ सोलार वितरण गरियो तर विजुली बल्ने संकेत देखेनन । विद्युत प्राधिकरणले पनि चासो नदिएको प्रजाको गुनासो रहेको छ । प्राधिकरणले लगेको पोल समेत व्यवस्थित नगरेको भन्दै आक्रोश पोखे । उनले समुदायले विजुली पोल गाड्नमा मद्दत गर्नुपरेको बताए । अहिले वडाको ७५ प्रतिशत भुभागमा पोल पुगेको छ । तर वडाको कुनैपनि घरमा बत्ति बल्न पाएको छैन । भण्डारामा रहेको विद्युत कार्यालयमा ७४ घरधुरीले मिटर जडानको फारम भरेका छन । अहिले विजुली पुग्ने हो भने ६ सय भन्दा बढी परिवारको घरमा बिजुली बढ्ने छ । तर विजुली बल्ने छाटकाट नदेखेपछि वडाध्यक्ष प्रजा विभिन्न निकाय धाइरहेका छन । २०७४ सालमा निर्वाचित भएपछि उनले वडावासीलाइ विजुली बाल्ने सपना देखाएका थिए । पहिलो कार्यकाल तयारीमा सकियो अव दोस्रो कार्यकालमा पुन अध्यक्ष भएपछि पनि आफुले गरेको प्रतिवद्धता पुरा नहुने चिन्तामा रहेका छन । उनलाइ यो कार्यकालमा जसरी पनि विजुली बालिदिने सपना रहेको छ । वडामा बिजुली बल्दा बिद्यार्थीलाइ सजिलो हुने प्रजाले बताए । यो संगै वडामा व्यवसायी बढ्ने पनि बताए । पुर्वाधारमा वडा पछाडी परेको प्रजाले स्वीकार गरेका छन । उनले वडाको विकासमा विजुली अति आवश्यक रहेको भन्दै वडावासीले कहिले बिजुली बल्छ भनेर गरेको सवालको जवाफ नभएको बताए ।