जनतासंग मेयर पहिलो विपन्नको घर अनि मात्र संग्राहलय : शमशेर लामा

राप्ती । राप्ती ११ का जनताले जग्गा नाप्ने काम किन रोएिको भन्दै नगर प्रमुखलाइ प्रश्न गरेका छन । शुक्रवार राप्ती नगरपालिकाको सहकार्यमा विशाल न्युजले आयोजना गरेको जनतासंग मेयर कार्यक्रमका सहभागिले नगर प्रमुख शमशेर लामाले राप्ती ११ को जग्गा नाप्ने काम विचमा किन छोडिएको भन्दै गुनासो गरेका हुन । जवाफमा लामाले निर्वाचनको आचार सहिता पछि राप्ती ३ मा सुरु भएको र आइतवार वाट ११ मा पनि पुन सुचारु हुने बताए । लामाले राप्तीको पहाडी भागमा समथर भागमा विभाजन गरिदा यस्तो भएको तर यसमा कुनै कारण नलुकेको समेत उनले बताए । आइतवार वाट थप गरिएका अमिन अनि जग्गा नाप्ने मेसिन थप भएको भन्दै पुन सुचारु हुने बताए । राप्ती ११ मा बिजुली कहिले बल्ने, टेलिकमको टावर अवरुद्ध, किसानमुखि अनुदान नभएको , सडक निर्माणमा सुस्ती र वडाको उपभोक्ता समिती नगरमा जादा फाइल हराउने जस्ता गुनासो समेत वडावासी गरेका थिए । यसका अलवा पहाडी क्षेत्रमा प्राविधिक जान नसक्ने भन्दै स्थानियलाइ पशुको भ्याक्सिन र आवश्यक प्राथमिक तालिम समेत उपलव्ध गराउन माग गरेका थिए । स्थानियले नगर प्रमुख लामालाइ सामाजिक सुरक्षा भत्ताको बिषयमा समेत गुनासो गरेका थिए । वडामा तामाङ्ग र चेपाङ्ग जातिको वाहुल्यता रहेका भन्दै सस्कृती संरक्षणको लागी संग्राहलय बनाउन माग गरिएको थियो । नगर प्रमुख लामाले जनताको सवै गुनासो सुन्न र सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको बताए । यो अभियान जारी रहने भन्दै सवै सवालको जवाफ दिएका थिए । विजुली बत्तिको बिषयमा प्राविधिकरणले गर्नुपर्ने काममा ढिलाइ गरेको र यसको लागी निरन्तर खवरदारी गरेको बताए । टेलिकमको बिषयमा आफु स्वयंमले २ महिना अघि सम्वन्धित निकायमा ध्यानकर्षण गराएको र केहि काम सुरु भएको ठोकुवा गरे । वडाले दिने बजेटको बिषयमा स्थानियको सुझाव सहित रातो कितावमा पार्न वडाध्यक्षलाइ निर्देशन समेत दिए । आवश्यक कृषकको समस्याको लागी अर्काे बर्ष वाट कत्ति पनि समस्या नआउने गरी काम गर्ने बताए । लामाले वडामा पहिले विपन्न को घर अनि मात्र संग्राहलय बन्ने बताए । पहिले हामी सवैको घर बनाउनेछौ अनि मात्र संग्राहलयको परिकल्पना गर्ने बताए । कार्यक्रममा वडाका वडा सदस्य मरिचमान व्लोनले आफुहरु आइसकेपछि गुनासो कम भएको भन्दै काममा ध्यान दिएको बताए । अर्का वडासदस्य हिरालाल वलले जनतासंग मेयर कार्यक्रममा आएका सवाललाइ वडागत वाटै सके सम्म समाधान गर्ने प्रतिवद्धता दिए । उनले वडामा यस किसिमको समस्या आएमा , गुनासो आएमा मिलेर हामी समाधान सहित सम्बोधन गर्नेछौ भन्दै कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा कार्यपालिका सदस्य मित्रकुमारी तितुङ्ग, वडा सदस्य सुन्तली विश्वकर्मा सहभागि रहेका थिए । विभिन्न टोल विकासका अध्यक्ष , सामुदायिक विद्यालय , वन तथा संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम वडाका वडाध्यक्ष बुद्धि बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार