सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलियो : १० हजार बालबालिकालाई खोप लगाइँदै

सुनसरी – सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई हप्तामा बर्जुमा २९ जनामा दादुरा पोजेटिभ भेटिएको छ ।

बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने बालकमा दादुरा पुष्टि भएको थियो । अहिले बर्जु गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । गाउँपालिकाको एकै ठाउँमा एक साथ ५ जना धेरैमा दादुरा भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएको छ ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा पालिका तहसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले १० हजार बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताउनुभयो ।

दादुराको संक्रमण रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइनेछ । यसको रोकथामका लागि सबै उपाय तत्काल अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेदेखि एकसाथ दादुराबिरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार