कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै छैन, राष्ट्रपतिमा नेम्वाङकाे जित पक्का : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ यस्ताे प्रतिक्रिया दिनु भएको हो । उहाँले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीर समेत गर्नु भयो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताउनु भयो ।

उहाँले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताउनु भयो ।

‘पार्टीको तर्फबाट–हामीले आफ्नो दलीय स्वार्थ होइन् राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हितका लागि, जनताको हितको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवर्द्धनका लागि यो उम्मेदवारी उठाएक हौं । हाम्रो उम्मेदवारी सर्वत्र स्विकार्य मात्रै होइन । स्वागतको विषय बन्नेछ । वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यस विषयमा टुंगो लागि सकेको थियो । त्यसो भएर यसमा सहमत सबै पक्ष यसमा सबै पक्ष प्रतिवद्ध भएर लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन । हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दला साथीहरुलाई बोलाइएको थियो । उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ । कुराकानी भइराखेको छ । हामीलाई पनि बोलाइएको थियो । र, कांग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नुभयो । कसरी भन्नु भयो ? त्यो उहाँको कुरा हो । अरुको त्यस्तो कुरा केही छैन । सत्तारुढ गठबन्धन कहीँ बिग्रेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार