कुमरोज सामुदायिक वनको साधारण सभा : संरक्षणकर्मी पुरस्कृत

spot_img

खैरहनी १३ फागुन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारण सभा शनिवार गरिएको छ । वनका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षता एवं खैरहनी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष केदारनाथ पन्तको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा गरिएको हो । प्रमुख अतिथि पन्तले कुमरोज वनलाई पर्यटन हव बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको बताए । उनले सबै समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमका वनका अध्यक्ष श्रेष्ठले सम्पूर्ण उपभोक्ताका गुनासोलाई सम्बोधन गर्दै पर्यटकीय गतिविधिलाई अगाडि बढाएर स्थानीयको अवस्थालाई सुधार्ने र संरक्षणको भाव जगाउन आफू लागि पर्ने बताउँदै वनले उपभोक्ता लक्षित र संरक्षणमुलक कार्यक्रम गरिरहेको बताए । कोषाध्यक्ष उज्जवल बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वनका लेखा सयोजक सोपना पौडेल भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो सामुदायिक वनले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्या पर्यटनबाट रु ३ करोड १६ लाख ६३ हजार १ सय ६९ आम्दानी गर्न सफल भएको छ । वन पैदावार तर्फ रु ११ लाख ४९ हजार ५ सय आम्दानी गर्न सफल भएको हो । कार्यक्रममा वनका पूर्व अध्यक्ष, पूर्व कर्मचारी, संरक्षण कर्मी, खैरहनीमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कुमरोजबाट स्वर्णपदक बिजेता विद्यार्थी, कुमरोजका विभिन्न विद्यालयहरुमा अध्ययनरत तथा जेहेन्दार विद्यार्थी र पत्रकार सञ्जय दुवाडीलाई सम्मान गरिएको छ । कार्यक्रमका वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खैरहनी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कुल प्रसाद भुषाल, बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए । बनका सचिव श्याम प्रसाद बराकोटीले सञ्चालन गरेको कार्यक्रममा वन परिसदका सदस्य ठण्डा कुमारी दाहालले स्वागत मन्तव्य राखेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार