राप्ती पर्यटन विकास समिति गठन

राप्ती । नगर भित्र पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यका साथ राप्ती नगरपालिकामा पर्यटन विकास समिति गठन गरिएको छ । राप्ती ६ को वडा कार्यालयमा विहीवार भएको भेलाले रामहरी पाठकको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । हाल साविक भण्डारा गाविस अर्थात राप्ती ४,५ र ६ लाई समेटेर समिति वनाईएपनि निकट भविष्यमा सवै वडालाई समेटेर विस्तार गरिने समिति अध्यक्ष पाठकले जानकारी दिए । समितिको सहसंयोजकमा सन्तकुमार चौधरी,सचिवमा मायानाथ सेढाई,कोषाध्यक्षमा देवी तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रमातकुमार सेढाई,भुवन थपलिया,वलराम सिलवाल,आसा चौधरी,मनमाया प्रजा,सुरज वराकोटी र मंगल चौधरी चयन भएका छन् । नवगठित पर्यटन विकास समितिले सुरुवातमा तीन वटा वडामा केन्द्रित रहेर गतिविधी संचालन गर्ने भएता पनि निकट भविष्यमा नगर भित्रका सवै पर्यटकीय क्षेत्रहरुलाई समेट्ने योजना रहेको अध्यक्ष पाठकले वताए । समितिको सल्लाहाकारहरुमा नगर प्रमुख,उपप्रमुख,सम्वन्धीत वडाका वडाध्यक्षहरु,सामुदायिक वनका अध्यक्षहरु,खगेन्द्रमल्ली उपभोक्ता समितिका प्रतिनिधी,प्यारीढाप पोष्टका प्रतिनिधी सल्लाहाकारमा रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार