फाल्गुन १३,
इच्छाकामना – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको ९ औं साधारणसभा तथा जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ । फागुन १२ गते आफ्नो सँस्कृति बचाउ भन्ने उद्वेश्यका साथ स्थानीयले बाजा बजाएर कार्यक्रमको समुद्वघाटन गर्नुभएको थियोे । साधारणसभा इच्छाकामना ७ स्थित स्याङ्दीमा रहेको चण्डीथान सामुदायिक वन उपभोक्ता समिति कार्यालयमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरूङ इच्छाकामना ७ न वडा अध्यक्ष बम बहादहुर थापा रहनु भएको थियो पत्रकार भनेको पत्रकार जस्तो हुनुपर्छ त्यसमा कुनै राजनितीक गन्ध हुनु हुँदैन जनजाति पत्रकारहरूले विशेष गरेर आफ्नो जनजातिहरूको समस्याहरूलाई उठान गर्ने उनिहरूको भाषा, सँस्कृति, धर्म ,रीतिरिवाज लगाएतको विषयमा कलम चलाएर अगाडि बढ्नुपर्छ पत्रकारहरूलाई पालिकाबाट गर्नुपर्ने सहयोग सदैब रहने बताउदैँ सबै पत्रकारहरूलाई समान रूपले हेरिनुपर्ने तथा जनजातिहरू पनि कुनै कुरामा कमि छैन भन्ने कुराको आभास दिलाउदै अगाडि बढ्न पत्रकारहरुलाई आग्रह गर्दै प्रमुख अतिथी गुरुङले आफ्नो मन्तब्य ब्यक्त गर्दै भन्नु भयो
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जनजाति पत्रकारहरूले मुख्य रूपमा जनजाति कै विषयमा उठान गर्नुपर्छ भन्दैँ जनजातिको भाषा,धर्म, संस्कृति ,रहनसहन, पोषाक लगाएतको विषयमा खोजमुलक लेखहरू लेख्न अनुरोध गरे । थापाले हामी जनजातिहरू जनजातिको बाहुल्यता बढि रहेता पनि राज्यबाट पाउने सेवा सुविधाबाट टाढा रहेको बताए । उनले जनजातिमा अहिलेसम्म पनि आफैँमा समता छैन,जबसम्म समानता आफैमा हुदैँन तबसम्म जनजाति कुनै पनि ठाउँमा अगाडि बढ्न सक्दैन भने ।
सभामा पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, प्रेस युनियनका नेपाल चितवनका अध्यक्ष अनिल ढकाल,पत्रकार महासँघ चितवनका पुर्व अध्यक्ष सन्दिप श्रेष्ठ लगाएतले मन्तव्य दिनुभएको थियोे । साधारणसभामा चितवनका दुई पत्रकारहरू सम्मानित भएका छन् । कार्यक्रमको अध्यक्षता जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष रमेश राना मगरले गर्नुभएको थियो ।
कार्यक्रममा जनजाति पत्रकार महासंघ चितवनका तामाङ पत्रकारसंघका अध्यक्ष बबिलाल तामाङ्ग, मगर पत्रकारसंघका अध्यक्ष आसिक राना गुरुङ पत्रकारसंघका अध्यक्ष तुलमान गुरुङ्ग उपस्थिति रहेको थियो।