७ महिनामा १४ अर्ब भन्दा धेरैको स्मार्ट फोन नेपाल भित्रिदा सबै भन्दा धेरै चीनबाट

चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशबाट १४ अर्ब भन्दा धेरै रुपैयाँको स्मार्ट फोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा १४ अर्ब ७६ करोड रकम बराबरको स्मार्टफोन नेपाल भित्रिएको हो ।

यस अवधिमा विदेशबाट १० लाख वटा स्मार्टफोन भित्रिएका छन् भने यी मोबाइल भित्र्याउँदा राज्यले २ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा मूख्यगरी २ देशबाट स्मार्टफोन भित्रिन्छ ।

चीन, भारत र भियतनामबाट नेपालमा धेरै स्मार्टफोन भित्रिँदै आएको छ । सात महिनामा चीनबाट ९ अर्ब ८३ करोड २३ लाख रुपैयाँको मोबाइल भित्रिएको छ । यस्तै, भारतबाट ४ अर्ब १३ करोड रुपैयाँको स्मार्टफोन भित्रिँदा भियतनामबाट ३० करोडको मोबाइल आयात भएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्समार्फत १२ करोडको र अमेरिकाबाट ११ करोडको स्मार्टफोन भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार