सप्तरीको बैरबोनामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरकाे क्षति

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका-९ बैरबोनामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज स्थानीय रामचन्द्र यादवको घरमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा झन्डै २० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे ।

आगलागीबाट यादवकाे एक तले फुसको घरका साथै सम्पूर्ण समान जलेर नष्ट भएकाे छ भने छिमेकी परीक्षण यादव, राम किसुन यादव, चन्द्रदेव यादव, बलराम यादव, रामवृष यादवको घर तथा सामान जलेकाे छ ।

राजविराज र लाहानको दमकल तथा स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा आगाे निभाइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

हिजो पनि सप्तरीकै बोदेबरसाइन नगरपालिका-१० खडकपुरमा आगलागीबाट आधा दर्जनभन्दा बढीको घर जल्दा झन्डै १८ लाख रुपैयाँ बराबरकाे क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार