राप्ती नगर प्रमुख लामा र जापानकी सस्कृतविद विच भेटवार्ता

 राप्ती । राप्ती नगर प्रमुख शमशेर लामा र जापानकी प्राचिन साहित्य सस्कृतविद डा युको ओटाके संग भेटवार्ता गर्नुभएको छ । विहिवार नगर प्रमुखको कार्यकक्षमा प्रमुख लामा र ओटाके विच सामुहिक फलफुल खेती कसरी गर्न सकिन्छ, भन्ने बिषयमा छलफल भएको हो । राप्तीको पहाडी क्षेत्रमा आधुनिक फलफुल उत्पादन कसरी गर्ने र यसको लागी पालिकाले के के गर्न सक्छ भन्ने बिषयमा छलफल भएको थियो । डा ओटाकेले जापानी प्रविद्धिको सिप र ज्ञानलाइ बाड्न सकिने यसका लागी पालिका तयार हुनुपर्ने बताइन । राप्ती नगरपालिकाको वडा नं १० देखि १३ सम्म पहाडी क्षेत्र पर्ने र यसको लागी आवश्यक समन्वय गर्न सकिने बताए । पहाडमा उत्पादन भएका फलफुललाइ व्यवस्थित र यस प्रतिको आर्कषणमा रहेका किसानलाइ सहयोग गर्न पालिका तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार