वडा नं ३ द्धारा वन मन्त्रालयका पुर्व सचिवलाइ सम्मान

 राप्ती । संघिय सरकार वन तथा वातावरण मन्त्रालयको पुर्व सचिव डा विश्वनाथ ओलीलाइ सम्मान गरिएको छ । राप्ती नगरपालिका वडा नं ३ को कार्यालयमा विहिवार सम्मान गरिएको हो । ओली राप्ती ३ निवासी हुनुहुन्छ वडावासी देशकै उच्च स्थानमा पुग्नु भएको भन्दै वडाले सम्मान गरेको वडाध्यक्ष शिवकान्त ओलीले बताए । ओलीले निजामती तहमा माथिल्लो स्थानमा पुग्नु भएको र वडाको नाम कहिन कतै मेन्सन हुदा गर्व लागेको छ । यो अवसरमा उहालाइ वडाले सम्मान गदै सम्झिएको हो । यो काम अगाडीनै गर्नुपर्ने तर ढिला भयो तर पनि उहा प्रति हाम्रो सम्मान रहेको छ । कार्यक्रममा नेकपा एमाले नेता श्यामकृष्ण आचार्यले डा ओलीको योगदान र मेहिनतको बिषयमा बोलेका थिए । वडाले यत्तिको प्रतिभावान व्यक्ति पाएकोमा खुशि व्यक्त गरे । कार्यक्रममा सम्मानित हुनु भएका डा ओलीले सवैलाइ धन्यवाद दिए । वडाको यो सम्मान सम्झन लायक रहेको बताए । कार्यक्रममा राप्ती नगरपालिकाकी कार्यपालिका सदस्य कविता राइ , विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार