कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो, सहचालक घाइते

कालीकाेट – कालीकोटको तिलागुफा नगरपालिका–५ धनडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका चालक दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा त्यही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनकाे उपचार भइरहेको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०३५६ को ट्रक दुर्घटना भएको प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार