चितवनमा भएको मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

भरतपुर महानगरपालिका–४, पेन्सन क्याम्पचोक नजिकै मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चितवनको भरतपुर महानगरपालिका–१० बस्ने भारतीय नागरिक २० वर्षीय पिंकु यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाराको सेमरनगढ नगरपालिका–१, खजानीका २२ बर्षीय अंगत जैसवाल घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ११ प ४१८ नम्बरको मोटरसाइकल साढे ९ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार