पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, हरकपुरस्थित गण्डक नहरमा डुबेर तीनजनाको मृत्यु भएको छ।
स्थानीय तीर्थराम थारुकी २९ वर्षीया पत्नी प्रतिमा थारु आफ्ना ९ वर्षीय क्रिस र ७ वर्षीय छोरा सुमितसहित मंगलबार दिउँसो नहरमा हाम फालेकी थिइन्। नहरमा बेपत्ता आमाछोराको खोजी गर्ने क्रममा हाम फालेको स्थानभन्दा सय मिटर पश्चिममा तीन आमाछोराको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार कुर्था–सुरुवालको सलले दुई छोरालाई कम्मरमा बाँधेको अवस्थामा शव फेला परेको छ। बच्चासहित हाम फालेकी महिलाको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक जानकारी आएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।