नारायणी नदी किनारमा फागुन १५ गते मगर एकता दिवस मनाइँदै

आउदो फागुन १५ गते ४१ औं राष्ट्रिय मगर एकता दिवस चितवनमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

आज (मंगलबार) नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले पत्रकार सम्मेलन मार्फत् कार्यक्रमबारे जानकारी दिएको हो ।

नारायणगढस्थित नारायणी नदी किनार प्रदर्शनी मैदानमा कार्यक्रम हुने संघका अध्यक्ष ठाकुर सिंह आलेमगरले जानकारी दिए । दिवस बृहत् सांस्कृतिक कार्यक्रम गरी मनाउन लागिएको उनले बताए । उनले भने, ‘कार्यक्रममा १८ वटा नृत्य प्रस्तुत हुने छन् । त्यसमा २ वटा मगर समुदायको मौलिक नृत्य हुने छ । साथै जनप्रतिनिधि र पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहने छ । ज्येष्ठ नागरिक तथा विभिन्न क्षेत्रमा काम गरी रहेका मगर समुदायका व्यक्तिलाई सम्मान गरिने छ ।’

कार्यक्रमको लागि करिब दुई लाख खर्च हुने अनुमान कार्यसमितिले गरेको अध्यक्ष मगरले बताए । अहिलेसम्म कार्यक्रमको लागि एक लाख २० हजार रकम संकलन भइसकेको उनको भनाइ थियो ।

शोभा यात्राबाट कार्यक्रमको प्रारम्भ हुने विज्ञप्तिमा उल्लेख छ । शोभा यात्रा बिहान १०ः१५ बजे क्याम्पाचौरबाट सुरु भई पुतली बजार चोक, लिला चोक हुँदै नारायणी नदी किनार प्रर्दशनी मैदानमा प्रवेश गर्नेछ । यस पश्चात औपचारिक र सांस्कृतिक कार्यक्रमहरु हुने जनाइएको छ । यस कार्यक्रममा जिल्लाभरका ३५ सय जनाको उपस्थिति रहने संघको आकलन छ ।

२०३९ साल देखि मगर समुदायले फागुन १५ गतेका दिनमा राष्ट्रिय मगर एकता दिवस मनाउन थालेको हो । नेपाल मगर संघको २०३९ साल फागुन १५ र १६ गतेको प्रथम अधिवेशनले यस्तो निर्णय गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार