राप्ती ७ मा पशुपालन र तरकारीखेती तालिम फागुन ७ गते

spot_img

। राप्ती नगरपालिका वडा नम्वर ७ भित्र रहेका पशुपालन तथा तरकारी खेती गर्ने किसानहरुलाई तालिम प्रदान गरिएको छ । राप्ती ७ को वडा कार्यालयको सहयोग तथा जननिकास मिडियाको आयोजनामा तालिम दिईएको हो । तीन दिने तालिमको एक कार्यक्रमका बीच राप्ती नगरपालिका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा समापन गरिएको छ । सो अवसरमा प्रमुख लामाले पशुपालन र कृषि क्षेत्र तथा किसानको समृद्धीका लागि नगरपालिकाले विषेश प्राथमिकता दिएर योजना तथा कार्यक्रम समावेश गरिएको वताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष यस क्षेत्रमा वजेट थप गरिएको उनले वताए । किसानहरुको माग र आवश्यकताकै आधारमा आगामी वर्ष पनि कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिएर वजेट विनियोजन गर्ने उनको भनाई थियो । नगरपालिकाकै नारा राप्ती नगरको आधार ,कृषि,पर्यटन र पूर्वाधार रहेको उल्लेख गर्दै प्रमुख लामाले किसानको मुहारमा हाँसो छर्ने हिसावले योजना तथा कार्यक्रम समावेश गरिने वताए । जननिकास मिडियाका प्रवन्धक दिलिप डल्लाकोटीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर कृष्णराज पन्त,राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटीले कृषि क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास संभव नरहेको वताए । तालिममा राप्ती नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख शैलेन्द्र भण्डारी,कृषि अधिकृत रक्षा उप्रेती,रत्ननगर नगरपालिका कृषि शाखा प्रमुख प्रविन लामा लगायतले पशुपालन गर्दा ध्यान दिनु पर्ने कुरा,उत्पादन वृद्धीका उपाय,खोर व्यवस्थापन,तरकारी उत्पादन,यसमा लाग्ने रोग प्रकोप न्युनिकरणका विषयमा सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार