व्यवसाय दर्ता नहुँदा महानगरले बनाएकाे नीति तथा कार्यक्रम ‘फेल’ हुने गरेकाे छ : उपमेयर डंगाेल

spot_img

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ ।

मङ्गलवार ग्रिल तथा स्टिल व्यवसायी सङ्घ काठमाण्डाैकाे साताैँ वार्षिक साधारण सभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताउनुभएको हो । उहाँले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो ।

उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताउनुभयो । उहाँले व्यवसाय औपचारिकरूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गर्नुभयो । उपमेयर डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको सङ्ख्या भने पाँच हजारभन्दा बढी रहेको पाइएको बताउनुभयो । उहाँले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम ‘फेल’ हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महानगरपालिकाभित्र रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य छ । व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिकरूपमा व्यापार व्यवसाय गरिरहनुभएको छ । औपचारिक दायरामा आउनुभएको छैन । व्यवसायीहरूलाई औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु । धेरैलाई व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्न सक्छ ।  दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा पर्छ ।’

त्यस्तै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको गुनासाे गर्नुभयाे । उहाँले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सरकारको अदूरदर्शी नीति भएको दाबी गर्नुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायीहरू आफैँले स्टिल व्यवसायलाई उचित सम्मान दिन नसकिएको पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार