नेपालले स्कटल्यान्डलाई हरायाे, राेहित पाैडेलले बनाए ९५ रन, करणकाे उत्कृष्ट साथ

spot_img

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे ।

नेपालका लागि कप्तान राेहित पाैडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । नेपालकाे १ सय ३८ रन हुँदा ८ खेलाडी आउट भएकाे अवस्थामा राेहित र करणले नवाैँ विकेटका लागि ७५ रनकाे साझेदारी गरे । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेकाे स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयाे ।

नेपालले घरेलु मैदानमा भएकाे शृङ्खलामा खेलेका ४ वटै खेल जितेकाे छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो । लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो ।

याे जितसँगै नेपाल २८ खेलमा २६ अङ्कसहित छैटाैँ स्थानमा छ । ३६ खेलमा ५० अङ्क रहेकाे स्कटल्यान्ड लिग–२ काे च्याम्पियन बनिसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार