खैरहनीकी एक महिला एक हप्ता देखि सम्पर्क विहीन

रत्ननगर । चितवनको खैरहनीकी एक महिला बेपत्ता भएको एक हस्ताहुँदा समेत परिवारको सम्पर्कमा आएकी छैनन् । खैरहनी नगरपालिका वडा नं १ सिमलघारीकी ३२ बर्षीय कविता सन्जेल फागुन दुई गते देखि हराएकी हुन ।

फागुन २ गते राती साढे ११ बजे घरबाट निस्किएकी उनी अहिले सम्म सम्पर्कमा नआएको परिवारजनले बताएका छन् । श्रवणशक्ति कमजोर रहेकी सन्जेल बोल्न पनि सक्दिनन् । परिवारजनले आफन्त र जिल्ला भित्र खोजीगर्दा समेत सन्जेललाई भेट्टाउन नसकेपछि इलाका प्रहरी कार्यालय खैरहनीमा खोजीकार्यका लागि निवेदन समेत दिएका छन् ।

सबैतिर खोज्यौं श्रीमान सुवर्ण सिलवालले भने कतै भेटाउन सकिएन् । घरमा कसैलाई केही नभनी बेपत्ता भएको भन्दै उनले खोजीकार्यका लागि सबै उपाय अबलम्बन गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार