राष्ट्रपति विद्या देवी भण्डारी आज हेटौंडा आउने भएकी छन् । हेटौंडा १ मा रहेको हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटनका लागी राष्ट्रपति भण्डारी हेटौंडा आउन लागेकी हुन् ।
हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले राष्ट्रपति भण्डारीको हेटौंडा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनले अस्पतालको नवनिर्मित भवनको उद्घाटनका लागी राष्ट्रपति हेटौंडा आउन लागेको जानकारी दिँदै उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताए । उनले राष्ट्रपति भण्डारी मध्यान्ह पौने १२ बजे हेटौंडा आइपुग्ने समय तालिका रहेको जानकारी दिए ।
राष्ट्रपति भण्डारी हेटौंडा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।