रत्ननगरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

आज बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

‘लालपर्सा र मोहनाको बीचमा भएको घटना हो । त्यो गैैडा आइरहने ठाउँ हो । मर्निङ वाकमा निस्किएका बेला गैंडासँग जम्काभेट हुँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी आएको छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार