चितवन राष्ट्रिय निकुञ्जमा ‘अण्डर पास’सहितको पिच बनाउन कस्सिए विक्रम पाण्डे

spot_img

चितवन राष्ट्रिय निकुञ्ज भित्रको भरतपुर र माडीलाई जोड्ने बाटोमा अण्डर पास गराउन सहरी विकास मन्त्री विक्रम पाण्डे कस्सिएका छन् । चितवन क्षेत्र नं ३ बाटै निर्वाचित पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर र माडीका जनतालाई निकुञ्जभित्र सहज यात्रा गराउन कस्सिएका हुन् ।

जंगली जनावर ओहोरदोहोर गर्ने ठाउँमा अण्डर पास बनाएर सडक पिच गर्न पाण्डे लागिपरेका छन् । खाल्डो स्थानमा अण्डर पास बनाउन सकिने उनलाई विश्वास छ ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो नेतृत्वको डेलिगेशन टोली मन्त्रालयमै पुगेपछि मन्त्री पाण्डे यसतर्फ सकरात्मक देखिएका छन् । डेलिगेशन टोलीसँग भेटका क्रममा मन्त्री पाण्डेले तत्कालै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाललाई बोलाएर निकुञ्जभित्र अण्डरपास बनाउन ईआईएको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

चितवन आएका बेला उनले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसँग पनि भेट गरि अण्डरपास सहितको पिच निर्माण कार्यबारे छलफल गरेका छन् । एक ठाउँबाट दुई वटा हात्ती ओहोरदोहोर गर्न मिल्ने गरी अण्डर पास बनाएमा त्यसले सबै जनावरको लागि काम गर्ने पाण्डेको तर्क छ ।

‘दुई वटा हात्ती आरामले क्रस हुन मिल्ने अण्डर पास हुनुप¥यो’, उनले भने, ‘छोटो ब्रिज भयो भने भाइब्रेशन कम हुन्छ । लामो भयो भने भाइब्रेशन पनि बढी हुन्छ । अहिले पनि दिनभर धुलो त उडिरहेको छ । त्यसले जनावरलाई असर गरेको छ ।’

त्यसको लागि ईआईए अध्ययन तुरुन्त गर्न उनले आग्रह गरे । क्यामरा राखेर जनावर अक्सर क्रसिङ हुने ठाउँको पहिचान गर्न सकिने निकुञ्जका प्रमुख आचार्य बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार