मकवानपुर : हात्तीको आक्रमणबाट घाइते भएकी महिलाकाे उपचारका क्रममा ज्यान गयाे

मकवानपुर – सोमवार बिहान मकवापुरको मनहरीमा जङ्गली हात्तीकाे आक्रमणबाट घाइते भएकी महिलाकाे ज्यान गएकाे छ ।

आज बिहान पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले मनहरी गाउँपालिका ४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई आक्रमण गरेको थियो । गम्भीर घाइते उनको हेटौँडा ११ काे चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुरकाे पुरानो मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । हिजो आइतवार बेलुकी गाउँमा देखिएको हात्तीले अधिकारीलाई सोमवार बिहान करेसाबारीमा काम गरिरहेको बेलामा आक्रमण गरेको थियो ।

यसैबीच हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले मनहरी ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका हुन् । ताेडफाेडबाट सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको छ । हात्ती नियन्त्रणमा लिन र धपाउन प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार