मगर एकता दिवसको उपलक्ष्यमा मगर महिला संघ चितवनद्वारा शुभकामना आदानप्रदान

spot_img

चितवन । नेपाल मगर महिला संघ चितवनले मगर एकता दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ । संघले आज ‘जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागी हाम्रो आन्दोलन, शासक्त्तिकरण र पहिचानको संरक्षण सम्बर्द्धनको पक्षमा हाम्रो अभियान’ भन्ने नारा सहित एक कार्यक्रमको आयोजना गरि ४१ औं राष्ट्रिय मगर एकता दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रम कंकाली पिकनिक स्पोट चैनपुरमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर महिला संघ केन्द्रिय समितिका सांकृतिक उपाध्यक्ष देवी थापामगरले महिलाहरुको हक हित र अधिकारको लागी सधै अगाडी बढ्ने बताउका थिए। साथै मगरले ‘मगरहरुको इतिहास, भाषा ,सँस्कृति र धर्म संरक्षण सम्बर्द्धनमा एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश ३ का महिला सदस्य काशीमाया रानामगर, नेपाल मगर सांकृतिक संघ जिल्ला अध्यक्ष प्रेमकुमारी आलेमगर, नेपाल मगर महिला संघ चितवनका उपाध्यक्ष रामकुमारी थापामगर, सचीव लक्ष्मीदेवी थापामगर र कोषाध्यक्ष हिरामाया थापामगर लगाएतको उपस्थित रहेको थियो भने रुकु रानामगरको अध्यक्षमा कार्यक्रम समापन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार