राप्ती-४ मा भरतपुर आँखा अस्पताल उपशाखाको शिलान्यास

spot_img

राप्ती, फागुन ६ । भरतपुर आँखा अस्पतालको उपशाखा तथा आधारभूत स्वास्थ्य केन्द्र राप्ती-४ भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले भवनको शिलान्यास गरेका हुन् ।

राप्ती-४ स्थित छतिवनमा २ करोड ४० लाखको लागतमा भवन बन्न लागेको हो । वडामा आधारभूत स्वास्थ केन्द्र समेत नभएको गुनासो आइरहेको थियो । शिलान्यास कार्यसँगै भवन निर्माण कार्य अगाडि बढ्नेछ ।

भवन निर्माणको लागि वडाले ३० लाख छुट्टाएको छ । बाँकी बजेट प्रदेश सरकारले व्यवस्था गर्ने वडा अध्यक्ष केदार आचार्यले बताए । कार्यक्रममा बोल्दै उनले यस कार्यलाई उपलब्धिको रुपमा लिएको बताएका छन् । भवन निर्माण पश्चात् वडाबासीलाई आँखा जाँच्नका साथै विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न सहज हुने बताए । कार्यक्रममा बोल्दै उनले भने “अबको एक/डेढ बर्षमा भवन निर्माणको काम सकिने विश्वास लिएको छु ।” पहिला पनि स्वास्थ्य केन्द्र बन्न नसकेको ठाउँमा विभिन्न निकायसँग सहकार्य गरिकाम अगाडि बढाएको उनले बताए ।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहेका पूर्व प्रदेशमन्त्री दावा लामाले स्वास्थ केन्द्र भवनको निर्माणको लागि आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले आवश्यक बजेट बिनियोजन आफूले विश्वास लिएको बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनलेआफूले प्रदेश र संघबाट पहल गरेर भए पनि पर्याप्त बजेट ल्याउन प्रयास गर्ने बताए ।

राप्ती नगर उप प्रमुख देवेन्द्र लामाले नगरबाट सक्ने सहकार्य गर्ने बताए । राप्ती-४ मा आँखा अस्पतालको उपशाखा बन्नु आफैमा सुखद भएको उनले बताएका छन् । आफ्नो १० महिने कार्यकालमा पहिलो पटक राप्ती-४ को कार्यक्रममा सहभागी भएको उनले बताए । विभिन्न निकायसँग सहकार्य गर्न स्थानीय सरकार सधैँ तत्पर रहेको पनि उप प्रमुख लामाले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री थपलियाले चाँडै भन्दा चाँडै अस्पताल निर्माण कार्य सम्पन्न गर्न शुभकामना व्यक्त गरे । अर्को ठाउँमा बन्न लागेको आँखा अस्पताल वडा अध्यक्ष आचार्यको पहलमा सो ठाउँमा बन्न लागेको उनले बताए । प्रदेश सरकारले भवन निर्माणको लागि आवश्यक सहयोग गर्नेमा विश्वस्त रहन मन्त्री थपलियाले आग्रह गरेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक तथा संघसंस्थाहरुको प्रतिनिधि, स्थानीय समाजसेवी,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार