बिरेन्द्र आर्दश माविको वार्षिक उत्सव

राप्ती । राप्ती ७ मा रहेको विरेन्द्र आर्दश माविले आफ्नो ५७ औ बार्षिक उत्सव मनाएको छ । सोमवार विद्यालयले विद्यालयको उत्सव मात्र होइन पुरस्कार वितरण कार्यक्रम समेत गरेको छ । विद्यालय प्रांगणमा भएको कार्यक्रममा विद्यार्थीलाइ पुरस्कार वितरण तथा सास्कृतीक कार्यक्रम भएको हो । कार्यक्रममा राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटीले शिक्षाको लागी वडा सरकार सधै लागी पर्ने बताए । वडाले विद्यालयको लागी विभिन्न कार्यक्रम ल्याएको भन्दै आगामी दिनमा पनि साथ र सहयोग गर्ने बताइन । कार्यक्रममा वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्यले नमुना विद्यालयको रुपमा परिचित विद्यालयले शिक्षाको लागी सकरात्मक काम गरेको बताए । वडाले पनि विद्यालयको लागी योजना बनाएको भन्दै विद्यालय र वडा सहकार्यमा काम गदै आइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार