जनतासंग मेयर मल र फोहर व्यवस्थापनमा वडा नं ३ को जनताको सुझाव अनिल अधिकारी

राप्ती । राप्ती नगरपालिका वडा न ३ का जनताले मलको समस्या समाधानको लागी नगर प्रमुखसंग गुनासो राखेका छन । सोमवार वडाको प्रतापपुर चोकमा भएको जनतासंग मेयर कार्यक्रममा सहभागि मध्येका मित्र पोखरेल, ज्ञान बहादुर राइ , एकराज खरेल लगायतकाले मेयरलाइ मलको समस्या समाधानको बैकल्पिक व्यवस्थापनको लागी अनुरोध गरेका थिए । जवाफमा मेयर लामाले युरिया मलको जिम्मा लिन नसकिने तर कम्पोष्ट मल उत्पादनको लागी बैशाख सम्ममा काम सम्पन्न गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा लालीगुरास टोलका अध्यक्ष भरत अर्यालले मेयर र वडाध्यक्ष शिबकान्त ओलीलाइ फोहर व्यवस्थापन, भ्यु टावर ,धानको विउ लगायतका बिषयमा गुनासो गरेका थिए । उनले गरेका गुनासोमा मेयर लामाले भ्यु टावर वाहेकका अन्य काम गर्न नगर रहेको, टावर भन्दा पालिकाले घर निर्माण गर्ने बताए । अर्यालको सवालमा जवाफ दिनुहुदै वडाध्यक्ष ओलीले आफु स्वंयम नगरको फोहर व्यवस्थापन समितीको संयोजक भएको भन्दै वडाको मात्र होइन समग्र नगरको फोहर उठ्ने बताए । अर्यालले कार्यालय समयमा कर्मचारी उपस्थित नहुने साचो लाग्ने भन्दै सेवाग्राहीले दुख पाएको बताए । उनको गुनासोमा नगर प्रमुखले अवका दिनमा यस किसिमको समस्या भएमा तत्काल समाधान गरिने बताए । यो बिषयमा नगर प्रमुखको हैसियतले आवश्यक कारवाहि गरिने बताए । सहभागि मध्येका उद्दव प्रसाद रुवालीले पिप्ले सडक खण्डको बिषयमा सवाल गरेका थिए । यो बिषयमा नगर प्रमुख र वडाध्यक्षले आवश्यक प्रकृया हुदा जनप्रतिनिधिलाइ सहभागि गराउन अनुरोध गरे । प्रमुख र वडाध्यक्ष दुवै जनालाइ यस बिषयमा पुर्ण जानकारी नपाएको भन्दै यस बिषयमा आवश्यक प्रकृयामा सदैव साथ रहने बताए । सहभागि मध्येका बिष्णु धितालले प्रतापपुर चोकमा रहेको विद्यालयको बिषयलाइ जिज्ञासा राखेका थिए । वडा नं १ को स्वामित्वमा रहेको भन्दै वडा नं १ लाइ विद्यालयको बिषयमा भएका निर्णय सुधार हुनुपर्ने माग रहेको थियो । नगर प्रमुख लामाले वडासंग अझै एकपटक समन्वय गर्ने बताए । कार्यक्रममा वडाका पुर्व वडाध्यक्ष राजकुमार उप्रेतीले विद्यालय र समग्र वडाको बिकासको बिषयमा आफ्नो विचार राखेका थिए । स्थानिय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासि नवराज पाठक श्यामले सुझाव सहित चुनावी घोषणा पत्रलाइ अक्षरांश पालना गर्न अनुरोध गरे । शिक्षा र स्वास्थ्यको बिषयमा वडालाइ ध्यानार्कषण गराउदै सुझाव दिए । कार्यक्रममा वडा सदस्य मान बहादुर प्रजा, सागर राइ , विभिन्न टोल विकासका अध्यक्ष, पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार