चित्र कथा बुटिकको दिक्षान्त समारोह तथा रनवे फेसन शो सम्पन्न ।

चित्रकथा बुटिक एण्ड ट्रेडिङ्ग सेन्टरले दिक्षान्त समारोह तथा रनवे फेसन शो सम्पन्न गरेको छ ।

बुटिकको एडभान्स तथा वेसिक कोर्स सकेका १४ जना बिद्यार्थीहरुलाई फेसन डिजाइनर मनिष राईले दिक्षान्त प्रमाणपत्र सहित दिक्षित गर्नु भएको थियो । भने, कार्यक्रममा १४ जना डिजाइनरहरुले विभिन्न आकर्षक फेसन डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका थिए।

चित्रकथा बुटिक एण्ड ट्रेडिङ्ग सेन्टरले पहिलो पटक सार्वजनिक रुपमा दिक्षान्त सहितको फेसन रनवेको आयोजना गरेको हो । चित्रकथा बुटिक एण्ड ट्रेडिङ्ग सेन्टरकि डाईरेक्टर अनिता तामाङका अनुसार व्यवसायको विस्तारसंगै सिकाईमा रहेकाहरुलाई हौसला प्रधान गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले यस्ता कार्यक्रमहरुले नेपाली फेसन उद्योग र यहाँका सिर्जनात्मक डिजाइनरको प्रचार–प्रसार संगै नेपाली शैली र डिजाइनको जानकारी दिने बताउनु भयो । नयाँ पुस्ताहरु यस विषयमा अध्ययन सहित व्यवसायीक बनेकोमा उहाँले खुशी शुभकामना दिक्षितहरूलाइ शुभकामना दिनुभएकाे  थियो ।

नारायाणगढको हंकङ बजारमा रहेको चित्र कथा बुटिक एण्ड ट्रेनिङ सेन्टरले पाँच वर्षअघि साँस्कृतिक पहिरनदेखि अन्तर्राष्ट्रिय ट्रेन्डमा चलेका सम्पूर्ण खाले पहिरनहरु तयार पार्दै आएको छ।  आफ्नै ट्रेनिङ सेन्टर मार्फत तमाङ्गले डिजाइन सम्बन्धि छोटो अवधिका कक्षा, क्र्यास कोर्स, एडभान्स कोर्स, ह्यान्ड एम्ब्रोइडरीका सीपमूलक कक्षाहरु प्नि सञ्चालन गर्दै आएको छ ।

यस बाहेक अहिलेसम्म ५० जनालाई दीक्षान्त गरेको यस बुटिकबाट निर्माण भएका कपडा बढी अष्ट्रेलिया र अमेरीकामा माग हुने गरेको छ । चित्रकथा बुटिक, बुटिक अफ द इएर २०१८ र पपुलर कोच बुटिक अफ द इएर २०१८ बाट सम्मानित भइसकेको छ । साथै धेरै ब्युटी प्याजेन्टहरुमा उत्कृष्ट सहभागिता जनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार