रत्ननगर । चितवन निकुञ्जसंग जोडिएको मध्यवर्ती क्षेत्र अन्तर्गत गर्ने करिडोर क्षेत्रमा शनिवार सरसफाई गरिएको छ । रत्ननगरबाट विस हजारी ताल जाने सडक र टिकौली जंगल अन्तर्गत पर्ने राजमार्गमा सरसफाई गरिएको हो ।
समुदायका आधारित चोरी शिकार नियन्त्रण र रत्नप्रिय क्लवको आयोजना तथा टिकौली मध्यवर्ती सामुदायिक वनको सहआयोजनामा सरसफाई कार्यक्रम गरिएको हो । वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले उद्घाटन गरेका थिए ।
वाताबरण सरसफाई अभियान अन्तर्गत आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरुले जथाभावि फालेका प्लाष्टिक र सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । क्लवका अध्यक्ष बसन्त रानाले वाताबरण संरक्षण र वन्यजन्तु जोगाउन वाताबरणमैत्री सरसफाई अभियान सञ्चालन गरिएको बताए ।
वडाध्यक्ष अधिकारीले नागरिक स्तरबाट भएको सरसफाई कार्यक्रमले वाताबरण संरक्षणमा टेवा पुग्ने बताए । निकुञ्जका सौराहा सेक्टर प्रमुख सरोजमणि पौडेलले टिकौली जंगलमा फोहोर पाल्नु अपराध भएको बताए । वन्यजन्तु ओहोरदोहोर गर्ने ठाउँमा फोहोर फाल्नु गलत मात्र होइन अपराध हो उनले भने यो काम तत्काल रोकिनु पर्छ ।
कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका सदस्य बुद्धिमान विक, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, समुदायका आधारित चोरी शिकार नियन्त्रण अभियानकी पूर्व अध्यक्ष डोमा पौडेल,रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष सरस्वती लामा लगायतले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रम सचिव विजय लामाले सञ्चालन गरेका थिए ।