राप्तीमा हुने भनिएको गड्यौली महोत्सव रद्द

राप्ती । फागुण १८ देखि सुरु हुने भनिएको गड्यौली महोत्सवको बिषयमा जिल्ला प्रशासन कार्यालयले रद्द गर्ने सुचना जारी गरेको छ । गड्यौली भिलेज प्रा.लिले दोस्रो पटक आयोजना गर्न लागेको गड्यौली महोत्सवको अनुमतीको बिषयमा सुरु देखिनै विवाद आएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती २ नम्वर वडाको निवेदनको आधारमा महोत्सव रद्द गरेको भन्दै पत्र लेखेको हो । वडा नं २ का अध्यष श्याम सुन्दर उप्रेतीले महोत्सवको सुरु देखिनै विरोध गदै आएका थिए । वडा अध्यक्ष , विद्यालय र क्याम्पस व्यवस्थापन समिति लगायत सरोकारवालहरुले महोत्सवप्रति आपत्ति जनाएपछि अनुमति रद्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । महोत्सव हुने स्थानका सरोकारवालाहरुले नै सहमति नदिएपछि हामीले अनुमति दिनुको औचित्य नहुने भएकाले अनुमति रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । महोत्सव हुने स्थान नजिकै रहेको क्याम्पस र कोरियन स्कुल रहेकोले त्यसको प्रत्यक्ष असर विद्यार्थीहरुको पठनपाठनमा पर्ने देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार