लामा स्पोर्टस क्लव खैरहनीको कठारमा जारी जिल्लास्तरीय फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । कठार माविको चौरमा भएको दोश्रो क्वाटर फाईनलको खेल जित्दै लामा स्पोर्टसले सेमीफाईनलको यात्रा तय गरेको हो । निकैनै प्रतिस्पर्धात्मक खेलमा खैरहनी ११ लाई २–१ गोल अन्तरले पराजीत गर्दै लामा स्पोर्टस क्लव सेमीफाईनलमा पुगेको आयोजक कठार युथ क्लवका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । खेलमा लामा स्पोर्टस क्लवका प्रयास तामाङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत शुक्रवार तेश्रो क्वाटर फाईनलमा रत्नप्रिय युवा क्लव रत्ननगर र कंचनवस्ती युवा क्लव राप्तीबीच प्रतिस्पर्धा हुने कठार युथ क्लवका अध्यक्ष चौधरीले वताए । फागुन ३ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८० हजार रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।