चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ः वीरेन्द्र आदर्श माविद्वारा पुरस्कार बितरण राप्ती ।

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको छ । प्रतियोगितामा वीरेन्द्र आदर्श मावि दोस्रो भएको छ । वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा २०७९ राप्ती नगरपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, हाईजम्म, दौड लगायत विभिन्न खेलहरुमा सञ्चालन भएको थियो । त्यस खेलमा यस विद्यालयको विद्यार्थीहरुले भाग लिएका थिए । त्यस खेलमा खेल्न जाने खेलाडीहरुले खेलमा सहभागी जनाई नियम पूर्वक खेल सफल बनाएको थियो । त्यस खेलमा सफल हुने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरूप प्रमाण पत्र र केही रकमहरु दिएका छन् । यस विद्यालयको ५७ औं वार्षिकोत्सवको पूर्वसन्ध्याको अवसरमा यस कार्यक्रम गरेको हो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष सुस्मिता डलाकोटी प्रमुख अथिति रहेकीथिईन् । अध्यक्ष डलाकोटीले मेयर कपलाई स्थापित गरी खेलाडी उत्पादन गर्ने बताए । हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौं उनले भनिन्, ‘हरेक विधाका खेलको विकासका लागि सबै किसिमको प्रयत्न हुने छ ’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार