राप्ती उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावमा होमिएको राजकुमार कडेंल नेतृत्वको प्यानलले आफ्नो योजना पेश गरेको छ । बुधवार राप्तीको गड्यौलीमा पत्रकार सम्मेलन गरि आफ्नो योजनाहरु सार्वजनिक गरेको हो । आगामी कार्यालयमा जग्गा खोजेर संघको आफ्नै भवन निर्माण गर्नेदेखी व्यवसायिक हकहितका लागि तालिम,गोष्ठी,बीमा लगायतका कार्यक्रम ल्याईने अध्यक्ष पदका उम्मेदवार राजकुमार कडेंलले वताए । कडेंलका अनुसार नगर भित्रका मुख्य वजारहरुलाई व्यवस्थित गर्न नगरपालिकालाई सहयोग गर्ने,२०८० सालमा दोश्रो राप्ती महोत्सव संचालन गर्ने,व्यवसायीहरुलाई कर सम्वन्धी तालिम दिने,व्यवसायको बीमा गर्ने,घरवहाल कर सम्वन्धी विवादमा सहजीकरण गर्ने,महिला उद्योगी व्यवसायीहरुलाई व्यवसायमा प्रोत्साहन गर्न कुसन वनाउने,सिलाई कटाई,अचार वनाउने,फुल वनाउने लगायत तालिम प्रदान गरिनेछ । यसैगरि संघलाई महासंघमा दर्ता गर्न सदस्यता संख्या वृद्धी गर्ने समेत उनले वताए । कडेंलले अघिल्लो कार्यकालमा आफु नेतृत्वको समितिले गरेको कामहरुको विवरण पनि प्रस्तुत गरेका थिए । कडेंल नेतृत्वको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ओम प्रसाद डल्लाकोटी,प्रथम उपाध्यक्षमा प्रतिभा पाण्डे,बाणिज्य उपाध्यक्षमा सन्तोष पाठक,उद्योग उपाध्यक्षमा रोहित वहादुर घिमिरे,सचिवमा इश्वरप्रसाद तिमल्सीनाको उम्मेदवारी छ । वाणिज्य सदस्य तर्फ निरज भेटवाल,दिपेन्द्र राज अधिकारी,पुष्पराज अधिकारी,काशीराम पुन,भुवनराज रुवाली र प्रकाश कुमार सेढाई तथा उद्योग सदस्य तर्फ कोषराज डल्लाकोटी,रामहरी उप्रेती र दिपा सुवेदी तथा महिला सदस्यमा पुष्पा कुँवरले उम्मेदवारी दिएका छन् । सोही प्यानलबाट महासचिव र कोषाध्यक्ष तथा एसोसिएट सदस्य निर्विरोध भईसकेका छन् ।