राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले आफ्नो जन्मोत्सवको अवसरमा ह्वील चियर वितरण गरेका छन । उनले राप्ती १ का टलक बहादुर राइलाइ ह्वील चियर सहयोग गरेका हुन । ७५ बर्षका राइ ४ बर्ष यतादेखि हिडडुल गर्न नसक्ने भएपछि उनि घरमानै रहदै आएका थिए । राइलाइ वरपर हिडडुल गर्न समस्या भएपछि नगर प्रमुखलाइ परिवारले गुनासो गरेका थिए । बुधवार लामाले आफ्नो जन्मदिनको अवसर पारेर आफै खर्चमा उनलाइ ह्वील चियर सहयोग गरेका हुन । राइले नगर प्रमुखको सहयोगको लागी धन्यवाद दिएका छन । लामाले पहिले वाटनै परिवारको गुनासो आइरहेको तर उहालाइ ह्वील चियर व्यवस्थापन गर्न नसकेको भन्दै जन्मदिनमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरे । आफु जनतालाइनै सहयोग गर्न लागि परेको भन्दै यसरी सहयोग गर्न पाएकोमा खुशि लागेको बताए । लामाले आगामी दिनमा पनि जनतालाइ नगरको तर्फ वाट वा आफ्नै तर्फ वाट सहयोग गर्ने प्रतिवद्धता दिए ।