मुभ साथीको सहयोगमा सामुदायिक विद्यालयलाइ सहयोग राप्ती

मुभ साथीले राप्ती ११ मा लत्ता कपडा तथा स्टेशनरी सामान वितरण गरेको छ । बुधवार वडाको राष्ट्रिय आधारभुत विद्यालय ओनेवाङ्गमा रहेका ४० जना विद्यार्थीलाइ स्वेटर र स्टेशनरीका सामाग्री हस्तान्तरण गरिएको हो । राप्तीको पहाडी इलाकामा रहेका विद्यालयमा स्टेशनरी अभाव रहेको जानकारी पाएपछि देश तथा विदेशमा रहेका साथीहरु वाट संकलित रकम वाट सहयोग गरिएको मुभ साथीका सफल भट्टले बताए । भट्टका अनुसार संस्थाले आगामी दिनमा पनि यस किसिमको सहयोग गदै जाने बताए । कार्यक्रमका प्रमुख अतिथि एवं युवा समाजसेवी मिनराज घलानले राप्ती नगरपालिका र आसपासका विभिन्न सामुदायिक विद्यालयमा आवश्यकता हेरी सहयोग गर्ने बताए । संस्था अझै पनि आधिकारिक दर्ता नभएको यसलाइ प्रकृयागत रुपमा दर्ता गरी सामाजिक काममा लैजाने घलानले बताए । यो पटकको सहयोगमा जापानमा रहेका देवशमशेर मोक्तान, मिलन थापा, दिपेश पाठक, देवराज थिङ्ग , रेणु मोक्तान लगायतकाले सहयोग गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्णसिं मोक्तान,मिना स्याङ्गतान, प्रमोद घलान, चन्द्र बहादुर लोप्चन लगायतकाको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार