कठारमा आजदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

spot_img

माघ २१ गते ।  खैरहनिको कठारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता  आजदेखि सुरु हुदैछ ।  कठार युथ क्लबको आयोजनामा  कठार माध्यमिक विद्यालयको चौरमा प्रतियोगिता हुनेछ । उद्घाटन खेलमा हाइलाइट्स युवा क्लब र गैरिवारी युवा क्लब    बिच प्रतिस्पर्धा हुनेछ ।
जिल्ला भित्रका १६ वटा क्लबले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
खेल पर्यटन मार्फत यस क्षेत्रको बिकास गर्ने र स्थानीय खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको कठार युथ क्लबका अध्यक्ष चौधरीले बताए ।  प्रतियोगिताको बिजेताले नगद ८० हजारसहित ट्रफी तथा उपबिजेताले नगद ४० हजारसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । त्यस्तै विभिन्न विधामा खेलाडिलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार