सम्पूर्ण मुक्तक प्रेमिहरूलाई मुक्तक दिवसको शुभकामना २०७९

मुक्तक नेपाली साहित्यको असाध्यै लोकप्रिय विधा हो । इतिहास साक्षी छ, मुक्तकले नेपाली समाजको पीडा, संवेदना माया प्रेम विसङ्गति विकृति घरेलुु हिंसा देश समाज राजनीतिसम्म सबै कुराहरूलाई उजागर गरेको छ कम शब्द , छन्द अनि वाचनमा मिठास , मुक्तक नेपाली साहित्यको सर्वाधिक रुचाइएको एउटा पाटो हो। शब्दको अर्थशास्त्र आत्मसात गर्ने एउटा मुक्तकको टुक्रामा सारा ब्रह्माण्ड अटाएको हुन्छ। नेपाली साहित्यमा मुक्तकलाई संस्थागत गर्नका लागि वि.सं २०७० साल भदौको १७ गते जिल्ला प्रशासन कार्यलय काठमाडौँमा नेपाल मुक्तक प्रतिष्ठानको विधिवत् दर्ता समेत भइसकेको छ। नेपालमा मुक्तकको थिति बसाल्ने उद्देश्यले वि.सं २०७० साल माघ १६ देखि १८ गतेसम्म पोखरामा ३ दिने कार्यशाला गोष्ठीको आयोजना गरि ५ बुँदे घोषणा पत्र समेत जारी गरिएको थियो । पोखरामा यसरी घोषणापत्र जारी गरिएको दिन माघ१८ गते हरेक वर्ष मुक्तक दिवस मनाउने गरिन्छ ।

मुक्तक

अन्याय सहनँ सक्दिनँ बरु गोली चलाई दिनुहोस्

म मरे पनि देशको स्वाभिमान जोगाई दिनुहोस् l

यहाँ हजारौं सपुत जन्मिने छन् मलाई गुमाएँ पनि

सहिद घोषणा गरि मेरो सालिक बनाई दिनुहोस् l

गणेश बिष्ट बर्सात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार