पर्शुराम पोखरेल
राप्ती, माघ १६ । पुर्वी चितवनको राप्तीमा रहेको आइरिस इङ्लिस अकाडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
राप्ती २ मा रहेको सो बिद्यालयको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार प्रसाद चौलागाइँको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाको नगर प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यता रहेको थियो।
त्यस्तै विशिष्ट अतिथिहरुमा राप्ती नगरपालिका शिक्षा शाखा प्रमुख शम्भुप्रसाद पौडेल , सशस्त्र प्रहरी बल, ३ नम्बर बाहिनी मुख्यालय बागमती प्रदेशका बाहिनीपति डिआइजी लक्ष्मण बहादुर सिंह, श्री त्रिनेत्र दल गण सुनाचुरी व्यारेकका गणपति कमल के सी, राप्ती नगरपालिका वडा नं १ का वडा अध्यक्ष सिद्धिलाल स्याङ्गतान , २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती लगायत हुनुहुन्थ्यो ।
पुर्वी चितवनका संस्थागत विद्यालयका प्रतिनिधिहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, बिध्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले आइरिस स्कुल पुर्वी चितवनको एक उत्कृष्ट विद्यालयको रुपमा स्थापित भइ समाजमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो ।
विद्यालयका प्राचार्य दीपक सारुले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने छात्रछात्राहरुबाट गायन,नृत्य लगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक र विद्यार्थी हरुलाई पुरस्कृत समेत गरिएको थियो।