शहिद वलराम कडेल पार्क निर्माण गर्छु : मेयर लामा

राप्ती । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले राप्तीमा सहिद पार्क निर्माणको जिम्मेवारी लिने बताउनु भयो । शहिद दिवसको अवसरमा मेयर लामाले देशको लागी शहिद हुनु भएका सम्झनामा पार्क बनाउने जिम्मेवारी लिने बताउनु भयो । सोमवार शहिद वलराम कडेल प्रतिष्ठानका सल्लाहकार गोविन्द कडेलले शहिद पार्कलाइ सहयोग गर्ने कोहि नभएको भन्दै अभिव्यक्ति दिनु भएको थियो । सो अभिव्यक्तिसंगै लामाले शहिद वलरामको पार्क निर्माणमा राप्ती नगरपालिका तयार रहेको र आवश्यक पहल गर्ने बताउनु भयो । लामाले शहिद वलराम कडेलको शालिकमा माल्र्यापर्ण गर्नुहुदै नगरमा रहेका शहिद परिवार र वेपत्ता परिवारको लागी कार्यविधि बनाउने प्रतिवद्धता जनाउनु भयो । पालिकामा रहेका जति पनि शहिद परिवार वेपत्ता परिवार रहेका छन उहाहरुको बिषयमा नगरले सम्बोधन गर्ने बताउनु भयो । यसको लागि अभ्यास गरिने बताउनु भयो । लामाले पालिकामा धेरै संख्यामा वेपत्ता परिवार र शहिद परिवार रहेका बताउनु भयो । उहाहरुको तथ्याङ्गकको आधारमा कार्यविधि बनाउने र पालिकाले आफ्नोपन बाड्ने बताउनु भयो । राप्तीका विभिन्न स्थानमा माघ १६ गते शहिद दिवस मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार